कोरोना संक्रमणको केन्द्र बन्यो काठमाडौँ उपत्यका, पछिल्लो २४ घण्टामा थपिए २५४० संक्रमित

Kathmandu corona lockdown

काठमाडौँ । बिहीबार काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च दरमा बढेको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ८५ , ललितपुरका ३ सय २०, तथा भक्तपुरका १ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या नेपालमा कोरोना संक्रमण शुरु भए यताकै सबैभन्दा धेरै हो ।

नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण तीब्र गतिमा बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । उनीहरुमध्ये ५ सय ९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय ७५ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गौतमले जानकारी दिए ।

बुधबार ३ हजार ४३९ संक्रमित थपिएका थिए । २४ घन्टामा १८ हजार ४ सय ७३ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर परीक्षण ११ लाख ३१ हजार ९ सय ५८ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ६ सय ७५ रहेको छ । २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...