प्रा.डा.केसीका मागका विषयमा वार्ता जारी

Dr.gobinda kc1

काठमाडौँ । अनशनरत प्रा.डा.गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उनका प्रतिनिधिबीच वार्ता शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता शुरु भएको डा केसीका तर्फबाट सहभागी नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्कीले जानकारी दिए ।

उनीसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी टोलीमा सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा.दिलीप शर्मा सहभागी रहेका छन् ।

सरकारले टोली गठन गरेलगत्तै डा.केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो । उक्त टोलीमा डा.अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. कार्की सहभागी हुनुहुन्छ ।चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा.केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए ।

यो उनको १९औँ अनशन हो । डा. केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गरेका छन् । अनशन शुरु भएको एक हप्तापछि उनलाई सरकारले जुम्लाबाट काठमाडौँ ल्याएको थियो । डा.केसीको जीवन रक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...