राज्यमन्त्री मोतीलाल दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स माथि नै छानविन सुरु

Motilal dugar

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन सुरु भएको छ । राज्यमन्त्री दुगडको मोरङमा रहेको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनबमोजिम सञ्चालन गरेको छ वा छैन भनेर आन्तरिक छानबिन सुरु भएको हो ।

राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेबल साल्टको नामबाट नुन प्याकेजिङ बजारमा बिक्री वितरण गर्दै आएको पाइएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राज्यमन्त्री दुगडको उद्योगमाथि कारबाहीका लागि छानबिन अघि बढाएको हो ।

राज्यमन्त्री दुगडको उद्योगले कानुनविपरीत नुन प्याकेजिङ गरी प्रतिएक सय ग्राम ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ । नुन बिक्री वितरण गर्ने एकाधिकार नेपाल सरकारले हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कानुनविपरीत जो कोहीले पनि काम गरेको छ भने कानुनबमोजिम कारबाही हुने बताए । मन्त्री भट्टले भने, ‘सर्वसाधारण होस् वा मन्त्री होस्, जोसुकै होस्, कानुनअनुसार कारबाही हुन्छ ।’

मन्त्री भट्टले आफू तीन दिनदेखि काठमाडौं बाहिर भएकाले राज्यमन्त्री दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन गरिएको भन्ने विषयमा केही थाहा नभएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...