जीप दुर्घटना हुँदा चालकको मृत्यु

Accident new

कालीकोट । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत – जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।कालिकोटबाट जुम्ला तर्फ जाँदै गरेको लु २ च २४१२ नम्बरको जिप दुर्घटना हुँदा जीप चालक सुर्खेत भेरीगंगा १२ बस्ने २८ वर्षीय कर्णबहादुर खड्काको घटना स्थलमै मृत्यु भएको डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।

कुखुरा बोक्ने गाडी खल्लागाड पुलबाट अनियन्त्रित भइ खोलामा खसेको हो । जीपका सहचालक सुर्खेत भेरीगंगा १३ का दिपक डागी सामान्य घाइते छन् । घाइते उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...