दलितहरुको हत्याको श्रृंखला बढ्दै गएको भन्दै रौतहटमा विरोध प्रदर्शन

120348146 357249268977265 3467056145709844447 n

जनकपुरधाम । रौतहटमा पछिल्लो समय दलितहरुको हत्याको श्रृंखला बढ्दै गएको भन्दै दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन्। रौतहटको गरुडामा दलितहरुको हत्या तथा यातना दिइएको विरोधमा प्रदर्शन गरिएका हो। विजयराम निरञ्जन रामलाई थुनामा यातना दिइएको तथा सुमिन्त्रा देवी बैठाको हत्या गरिएको विरोधमा उनीहरुले नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री विश्वेन्द्र पासवानको अगुवाईमा निस्केको विरोध याली नगरका विभिन्न भागको परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो। कोणसभामा पूर्व मन्त्री पासवानले दलितहरुमाथि भएको अमानविय व्यवहारविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिए ।

उनले निरञ्जन राम, विजयरामको हत्यारालाई सजाय दिलाउन उच्च अदालतमा मुद्दा दिने तयारी समेत गरिरहेको जानकारी दिए। निर्दोष भएपनि दलित भएकै कारण उनीहरुको हत्या भएको उनको भनाइ थियो । विरोध प्रदर्शनमा दलित अगुवा जितेन्द्र पासमान सहित सयौँ व्यक्तिको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...