सुनको मूल्य प्रतितोला रु ९०० ले बढ्यो

09 090809

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ ।

महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकेको छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० र तेजाबी सुनको मूल्य रु ९२ हजार ८०० पुगेको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २५ ले वृद्धि भई एक हजार १७५ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...