झापामा खाटमुनि वृद्धाको शव फेलाः हत्याको आशङ्का
काठमाडौँ । झापाको गौरादह नगरपालिका१ मा एक वृद्धाको शव आफ्नै घरको खाटमुनि हात बाँधिएको अवस्थामा फेला परेको छ। मृतक ६५ वर्षीया मनमाया भण्डारी रहेको र उनको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताएका छन्।
टाउकोमा चोट देखिएको छ र फेरि हात बाँधिएको अवस्थामा छ,” उनले देखापढीसँग भने, हत्या भएको हुनसक्छ र हामीले अनुसन्धानका लागि कुकुर झिकाएका छौं।” शवलाई प्रहरीले उठाएको छैन। कुकुर आएपछि मात्रै प्रक्रिया पूरा गरी शव उठाइने उनले बताए ।
प्रतिकृया दिनुहोस