पोस्टमार्टम रिपोर्टः १२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्या

Protest against rape samjhana bk 8

धनगढी । बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि नै हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला अस्पताललले शनिबार बेलुका प्रहरीलाई बुझाएको पोष्टमार्टम रिपोटमा ‘यौनांगमा भित्री र बाहिरी चोटहरू रहेको उल्लेख छ’ प्रहरी अधिकारीले भने, ‘टाउको, अनुहार, पिठ्यूँ लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएको र बाहिरी चोटहरू सम्झनाले बलात्कारीसँग प्रतिकार गर्ने क्रममा लागेको देखिन्छ ।’

सम्झनाको मृत्यु भने कलेजो च्यातिएको कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको प्रहरी अधिकारीले बताए । कलेजोको चोट उनलाई हत्याराले हिर्काउँदा लागेको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले घटनाको प्रकृति र स्थिति हेर्दा बलात्कारपछि हत्या भएको बताए।

‘घटनामा संलग्नको आशंकामा पक्राउ परेका राजेन्द्र बोहरामाथि थप अनुसन्धान अगाडि बढाएका छौं’ डीएसपी खड्काले भने–‘शनिबार पनि घटनाको तथ्य संकलनका लागि म सहित ९ जनाको टोली घटनास्थल गएका थियौँ।’

अनुसन्धानमा अहिलेसम्म फेला परेको प्रमाणहरु हेर्दा बोहराले नै यो घटना घटाएको लगभग स्पष्ट भएको डीएसपी खड्काको भनाइ छ । बुधबार साँझ घरबाट गोठमा गाईभैँसी बाध्न हिँडेकी सम्झनाले गोठ पुग्न नपाउँदै बीच बाटोमा मृत्युवरण भएको थियो ।

घटनामा संलग्न भएको आशंकामा १८ वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरिसकेको छ। बोहरा यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ। सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन्। घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन्। उनका आमा बाबु रोजगारीका लागि भारतमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...