अर्घाखाँची जमिन भासिएपछि २६ घर भत्किए , गाउँ नै पहिरोको जोखिममा

Pahiro pahad

अर्घाखाँची । अर्घाखाँचीमा जमिन भासिएपछि २६ वटा घर भत्किएका छन् भने ४० घर रहेको गाउँ नै पहिरोको जोखिममा परेको छ । शितगंगा नगरपालिका वडा नम्बर १२ को कोठिया मैदानमा जमिन भासिनुको साथै पहिरोसमेत गएपछि गाउँ नै विस्थापित भएको स्थानीय हरिप्रसाद गैरेले बताएका छन् । गाउँको तीनतिरबाट पहिरो जाँदा केही घर बगाएको र धेरै घर जमिन भासिएर ढलेका उहाँले बताएका छन् ।

यसअघि १० मिटरको दूरीमा रहेका दुई घर अहिले जमिन भासिएर झण्डै ४० मिटरको दूरीमा पुगेका छन् । घरमा पालेका भै‌ंसी, गाई, गोरु, बाख्राहरु यत्रतत्र भएका छन् । घरमा बचेका भएका सामान स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले निकालेका छन् ।

भत्किएको घरमा भएका लत्ता कपडा अन्नपात, गरगहना सबै पुरिएको छ । एकाएक जमिन भासिन थालेपछि गाउँमा भागाभाग चलेको वडाध्यक्ष गैरेले बताएका हुन् । अहिले पनि जमिन भासिने र पहिरो जाने क्रम रोकिएको छैन । गाउँ नै खतरामा परेपछि उनीहरुलाई कहाँ राख्ने भन्ने बारेमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...