दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ

Arested 1

दैलेख । दैलेखमा बालविवाह गर्ने दुई जोडी पक्राउ परेका छन् । नौमूले गाउँपालिका–३ द्वारीगाउँका १७ वर्षका किशोर र नौमूले गाउँपालिका–५ नौमूले गाउँकी १६ वर्षकी किशोरीलाई बालविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बालविवाह गरेको सूचनाका आधारमा उनीहरुलाई नौमूले गाउँपालिका–३ द्वारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनमोल श्रेष्ठले बताउनुभयो । त्यस्तै डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २७ वर्षका युवाले डुंगेश्वर गाउँपालिका–३ चौखडाकी १५ वर्षकी किशोरीलाई विवाह गरेको आरोपमा दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले गएको भदौ ३० गते विवाह गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । मुलुकी अपराध सहिंता ऐन २०७४ ले उमेर २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह मानेको छ । बालविवाह गर्ने र गराउनेलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैंयाँसम्म जरिवाना तोकिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...