कपिलवस्तुमा तीन जनालाई खोलाले बगायो, एकको शव फेला

1 4 1 768x576

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थित कोईली खोलामा बुधबार दिउँसो बेपत्ता भएका मध्ये एक जनाको शव बिहीबार मध्यान्हमा फेला परेको छ । अर्घाखाँची घर भएका केशव भाट क्षेत्रीको शव भेटिएको हो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले बिहानैदेखि खोजी कार्य जारी राखेकोमा मध्यान्ह १२ बजेतिर एक जनाको शव भेटिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए ।

नगरपालिका–६ सुठौलीस्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको अधिकारीले बताए । क्षेत्रीको शव घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको थियो। बेपत्तामध्ये विद्युत कार्यालय जितपुर शाखाका प्रमुख कृष्ण पौडेलको शव अझैसम्म भेटिएको छैन । उनको पनि खोजी कार्य जारी छ।

भलवाडबाट बनगाई आउने क्रममा कजवेमा बुधबार खोलाले विद्युतको बा १ च १०८९ पजेरो जीप बगाउँदा ३ जना बेपत्ता भएका थिए । त्यसमध्ये जिप चालक माधवप्रसाद पाण्डेको भने बुधबार साँझ शव भेटिएको थियो। जीपमा सवार ६ मध्ये ३ जनाले हामफालेर बाचेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...