भारतमा तीनतले भवन ढल्दा ८ जनाको मृत्यु, अझै कम्तीमा २० जना फसेको आशंका
भारत । भारतको महाराष्ट्रमा तीनतले भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार महाराष्ट्रको भिवन्डी भन्ने ठाउँमा भवन भत्किएको हो ।
भत्किएको भवनभित्र अझै २० देखि २५ जनासम्म फसेको हुन सक्ने अनुमान गरिएको छ । बीस जनाको भने उद्धार गरिएको समाचारमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस