बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

Arrested stock photo 001 gopa

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई बिहीबार पक्राउ गरेको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेको अपराधमा बैतडीको सुर्नया गाउँपालिका–८ का अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का बासुदेव पन्तलाई बालिकाका आफन्तको उजुरीको आधारमा पक्राउ गरिएको पाटन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गौरीप्रसाद जैशीले बताए ।

पक्राउ परेका दुवैजनाले घरबाटै बालिकालाई मोटरसाइकलमा सिगास गाउँपालिका–९ मा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई शुक्रबार जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...