तनहुँमा जीप दुर्घटना हुँदा १७ जना घाइते

Accident new

पोखरा । तनहुँको शुक्लागण्डकी–३, हटियामा यात्रुबाहक जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुलेगौंडादेखि ब्यागनतर्फ जाँदै गरेको ग१ज ६०१९ नम्बरको जिप शुक्लागण्डकी–३ हटियामा शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मीले दुर्घटनामा बालबालिकासहित १७ जना घाइते भएको जानकारी दिए । घाइते सबैको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुको अवस्था भने सामान्य छ ।

घाइते हुनेहरुमा तनहूँको कालीम¥याङकी वर्ष १४ की समीक्षा थापा, वर्ष १२ की रश्मी राना, कवासेकी ९ वर्षीया मञ्जिला आले, वर्ष ३२ का बालु थापा, रुपा केसी, ७० वर्षीया लीलिसरा आले, बयामकी ३७ वर्षीया संगीता राना, संगत राना, वर्ष ६ का सिर्सम राना, पूनम गुरुङ, ३४ वर्षीया मोतिकला थापामगर, वर्ष ११ का न्यूसन थापामगर, भुजिकोटकी ५४ वर्षीया मीनकुमारी गुरुङ, २२ वर्षीया वीनिता सुनार, ३५ वर्षीया सुनिता नेपाली, राज नेपाली र रुपेश बिक छन् ।

जिपको पिकअप टुटेर सडमै पल्टिएकाले ठूलो मानवीय क्षति टरेको हो । घाइतेको उद्धारका लागि इलाका प्रहरी कार्यालय बेलचौताराको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...