कास्कीमा पहिरोमा परेर युवतीको मृत्यु

Mritu

पर्वत । कास्कीको रुपा गाउँपालिका–६ मा पहिरोमा पुरिएर एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार मंगलबार बिहान करिब साढे ४ बजे आएको पहिरोमा परी २० वर्षीया सिर्जना विकको मृत्यु भएको हो ।

पहिरोले स्थानीय काजी विकको घरमाथि रहेको ढिस्को झरेर पुरेको हो। घरमा काजीसहित उनका भाइ सन्दीप र सिर्जना सुतेका थिए ।

पहिरो आएको थाहा पाएपछि काजी र सन्दीप बाहिर निस्कन सफल भए पनि सिर्जना भने भित्रै परिन्। उद्धारको लागि भीरकोटबाट गएको प्रहरी टोलीले बिहान ६ बजे उनको शव निकाले थियो। उनको शवलाई पोस्टमार्टमको लागि पोखरा ल्याइँदै गरेको पनि डिएसपी हमालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...