बाघको छाला र हड्डीसहित २ जना पक्राउ

Arested 1

बझाङ । बझाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । बुङगल नगरपालिका ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका ६ बड्डीज्याबनका २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन् । सुदुरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई चेकजाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...