ब्राजिललाई पछि पार्दै भारत बन्यो कोरोनाद्वारा सबैभन्दा प्रभावित दोस्रो देश

Coronavirus hamrakuras1

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ९० हजार बढी संक्रमित भेटिएका छन् । यसका साथै यहाँ कूल संक्रमितको संख्या ४२ लाख नाघेको छ । संसारभरी यतिबेला भारत ब्राजिललाई पछि पारेर कोरोना संक्रमणको दोस्रो सर्वाधिक प्रभावित देश बनेको छ ।

पछिल्लो सात दिनमा हरेक दिन ७५ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । अर्थव्यवस्थालाई गती दिने उद्देश्यले सरकारले लकडाउनको प्रतिबन्ध हटाएको छ । यता कोरोना संक्रमण भने दिनानुदिन बढ्दो छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार भनेको छ, ‘पछिल्लो २४ घण्टामा देशमा कोरोनाका कारण १०१६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको कूल संख्या ४२,०४,६१४ भएको छ जसमा ८,८२,५४२ सक्रिय संक्रमित छन् ।’

भारतमा कोरोनाद्वारा संक्रमित भएपछि ३२,५०,४२९ मानिसहरु ठिक भएका छन् । यो महामारीले अहिलेसम्म ७१,६४२ को ज्यान लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...