सुनसरीमा चट्याङले लागेर एकजनाको मृत्यु

Chatyanag kalikatimes 960x640 1

विराटनगर । सुनसरी देवानगन्‍जमा चटयाङ लागेर एकजनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार देवानगन्ज गाउँपालिका २ का ३० वर्षीय सन्तकुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको हो ।

घरनजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई शनिबार अपराह्‍न ४ बजे चट्याङले लागेको थियो । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...