काठमाडौंमा १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार

Rape 1

काठमाडौँ । काठमाडौंमा एक युवतीलाई सामूहिक बलात्कार गरिएको छ । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार भएको हो । बलात्कार आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको छ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक युवतीलाई सामूहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...