दलित युवाको हत्या प्रकरण : प्रहरीले चरम यातना दिएको सनसनीपूर्ण भिडियो सार्वजनिक (भिडियोसहित)

भिडियोमा भनिएको छ, ‘प्रहरीले दुई दिनसम्म बाँस, फलामे पाइप र बुटले हान्यो’

Bjaya ram

रौतहट । प्रहरी यातनाबाट बिहीबार रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय विजय राम चमारको मृत्यु भयो । सोही ठाउँका २० वर्षीय निरञ्जन रामको हत्या आरोपमा विजयलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा रहेका बेला हत्या स्वीकार गर्न प्रहरीले चरम यातना दियो । जबकी प्रहरीले थप अनुसन्धानका लागि भने म्याद थप भइसकेको अवस्थामा प्रहरीले दिएको यातनाबाट चमारको मृत्यु भयो तर प्रहरीले भने यातना नदिएको बताउँदै आएको थियो । चमारको मृत्यु भएपछि काठमाडौंमा पोष्टमार्टम गरिएको छ । प्रारम्भिक पोष्टमार्टम रिपोर्टमा पनि चोटपटकबाट मृत्यु भएको प्रष्ट हुन्छ ।

प्रहरीले जतिसुकै झुट बोलेको भए पनि मृतक विजय राम चमारले मृत्युसँग संघर्ष गरिरहेका बेला दिएको प्रहरीले चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा प्रहरीले हत्या स्वीकार नगरे लास पठाई दिने धम्की दिएको प्रष्ट सुनिन्छ ।

उनले अस्पतालको बेडबाट बोलेको भिडियो सार्वजनिक भएपछि विजय राम चमारको प्रहरी यातनाबाटै हत्या भएको प्रष्ट हुन्छ । प्ररहीले आफुलाई हत्या स्वीकार गर्न दवाव दिए पनि विजयले ‘निरन्जन राम आफ्नो मामाको छोरा भएकाले हत्या कसरी हत्या गर्छु र’ भनेका छन् । भिडियोमा विजयले भनेका छन्– ‘मलाई हत्या स्वीकार गर भनेर प्रहरीले दुई दिनसम्म बाँस, फलामे पाइप र बुटले हान्यो ।’

‘मलाई निरञ्जनको हत्या स्वीकार गर् भनेर सादा पोसाकको प्रहरीले दुई दिनसम्म बाँस, फलामे पाइप र बुटले हान्यो । हत्या स्वीकार नगरे प्रहरी कार्यालयबाट तेरो लास बाहिर निस्कन्छ भनेर धम्क्याए,’ उनले भिडियोमा भनेका छन् । मृत्यु हुनुअघि विजयले बोलेको भिडियोमा आफुलाई फसाउन खोजिएको उल्लेख गरेका छन् ।

निरञ्जनको साउन ३१ गते राती घाँटी रेटी हत्या भएको थियो । त्यसको भोलिपल्ट घरमा सुतिरहेका विजयलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरेको थियो । पक्राउ गर्ने बेला पनि उनीमाथि निर्मम कुटपिट भएको परिवारका सदस्यले बताएका छन् ।

गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकेन्द पासवान, १९ वर्षीय बिजयराम चमार तथा शेख आजाद र राजाराम शहा सहित ७ जनालाई पक्राउ गरेको थियो ।

हत्या आरोपमा प्रहरीले विजयलगायत शेख अजाद, अजयकुमार रञ्जन, विवेकराय यादव, अर्जुन राम, सिकिन्द्र पासवान र राजाराम साह गरी ७ जनालाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाएको छ । निरञ्जनका बुबाले प्रहरीमा दिएको किटानी जाहेरीमा पनि विजयको नाम छैन ।

हिरासतमा यातना दिएकै कारण मृत्यु भएको भन्दै प्रहरीलाई कारबाहीको माग गर्दै गरुडामा शनिबार पनि प्रदर्शन भएको छ । पीडित परिवार र जिल्लाभरका दलित भेला भएर प्रहरीको विरोध गरिरहेका छन् । शेख आजादको परिवारका एकजना महिलासँग अवैध सम्बन्ध रहेकै कारण आजादकै योजनाअनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गरिएको प्रहरी दावी छ ।

मृतकका आफन्त र दलित अधिकारकर्मीहरुले विजय रामलाई चरम यातना दिई हत्यामा संलग्न डिएसपी ज्ञानकुमार महतो लगायत टिमलाई तुरुन्त निलम्ब गरी कार्यवाही गर्नुपर्ने, उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, निरन्जन रामको हत्याको मूल योजनाकार लखन साह र राजगिर साहलाई तुरुन्त पक्राउ गरी कार्यवाही गर्नु पर्ने, निरन्जन राम राम र बिजय रामलाई सहिद घोषणा गर्नुपर्ने र निदोर्ष व्यक्तिलाई तत्काल रिहा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...