विदेशी पर्यटकलाई मलेसियामा थप समय प्रतिवन्ध

Kuala lumpur malaysia photos 2

एजेन्सी । मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको  देशबाट आएका पर्यटकहरुलाई प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।

विदेशी पर्यटकलाई लगाइएको प्रतिवन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पुर्योइएको पनि उनीहरुले बताएका छन् ।मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक टेलिभिजनमा सम्वोधन गर्दै विश्वभरी नै कोरोना सङ्क्रमितहरुको संख्या बृद्धि भइरहेकाले अन्तरदेशिय आवतजावतलाई निषेध गरिएको स्पष्ट पारे ।  

उनले आफ्नै देशमा पनि सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढीरहेकोले अन्तरिक सतर्कता पनि उत्तिकै बढाउनु पर्ने आवश्यकतामा जोड दिए ।  बेलामा सचेत नभएर लापर्वाही गरिएमा अनियन्त्रित अवस्था सृजना हुनसक्ने चेतावनी पनि प्रधानमन्त्री यासिनले दिए ।

मलेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने अरु १२५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।थप प्रतिबन्धका दैनिक क्रियाकलापमा अवरोध खडा नगर्ने प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरु भइसकेका  मुहिद्धिनले  बताउनु भएको छ । नाइटक्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुको साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्रतिबन्धित भएको उनले बताए ।

मलेसियामा सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाईजर वा सावुनको प्रयोगमा ध्यान दिनेलगायतका आधारभूत स्वास्थ्य मापदण्डहरु भने पालना गरिरहनु पर्नेमा सवैले आह्वान गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...