टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी

Turkey

एजेन्सी । युरोपियन युनियनले टर्कीमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । भूमध्य सागरमा ग्रीस र साइप्रसबीचको बढ्दो तनाव कम गर्न प्रभावकारी भूमिका नखेलेको भन्दै युरोपियन युनियनले टर्कीमाथि आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएको हो ।

युरोपियन युनियनका वरिष्ठ कुटनीतिज्ञ जोसेप बोररेलले टर्कीलाई दुवै देशसँग वार्ताका लागि दिएको अवसरको सदुपयोग नगरेकाले सैन्य गतिविधिमा अवरोध भएको भन्दै तत्काल वातावरण सहज बनाउन चेतावनी दिनुभएको हो ।

साइप्रस टापु नजिकै समुद्री सिमाना र ग्यास उत्खनन्को विवादले ग्रीस र टर्कीबीच लामो समयदेखि चल्दै आएको विवाद तत्काल समाधान गर्न युरोपियन युनियनले चेतावनी दिएको हो । उर्जा स्रोतमा टर्कीले गरेको दावी गलत भएको युरोपियन युनियनले जनाएको छ । तर टर्कीले भने युरोपियन युनियनको दावीको खण्डन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...