साउदी अरब पुगेर मृत्यु भएका एक नेपालीको शव ४ महिनादेखि अलपत्र

Kumar thapa


दोहा । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर मृत्यु भएका एक नेपालीको शव अलपत्र परेको छ । साउदीमा मृत्यु भएका कुमार थापाको ठेगाना र आफन्तको पहिचान हुन् नसक्दा शसाउदी प्रहरीले शवको जिम्मेवार कोहि नभएको भन्दै डिसपोज गर्न खोजेको भए पनि साउदीस्थित नेपाली दूतावासले रोकेर आफन्तलाई खोज्ने प्रयास गरिरहेको प्रबासी नेपाली समन्वय समितिका बाह्य सम्पर्क संयोजक नारायण पासवानले जानकारी दिए ।

प्रहरीले नेपाली दूतावासमा थापाले आत्महत्या जानकारी दिएको थियो । प्रहरीले जानकारी दिएपछि दूतावासले थापाको नेपालको ठेगाना र आफन्त खोजी गर्दा नभेटेको सम्पर्क संयोजक पासवानले बताएका छन् ।

उनले गत मे महिनामा आत्महत्या गरेपनि अहिलेसम्म आफन्तको पहिचान नहुँदा ४ महिनादेखि शव साउदीमा अलपत्र परेको पासवानले बताए । मृतक थापा गैरकानुनी रुपमा रहेर काम गरेको कारण पनि उनको पहिचान गर्न थप समस्या भएको छ भने हस्तलिखित पासपोर्ट भएकाले नामबाहेक अन्य कुनै जानकारी पाउन नसकेको उनले बताए । मृतकको बारेमा जोकोहीलाई जानकारी भए नेपाली दूतावासमा सम्पर्क आग्रह गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...