बालिका बलात्कारको आरोपमा युवक पक्राउ

Arrested

लमजुङ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लमजुङमा एक युवक पक्राउ परेका छन् । राइनास नगरपालिका–९ काउरेपानी नयाँगाउँ बस्ने २२ वर्षीय अजय घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

घर्तीले गत साउन २९ मा घरमा कोही नभएको अवस्थामा बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि पक्राउ गरिएको थापाले बताए । प्रहरीले घर्तीलाई जिल्ला अदालत लमजुङबाट म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...