कैलालीको घोडाघोडीमा दलितमाथि कुटपिटको घटना : फरक-फरक मिति राखेर ३ दिनमा मुद्दा दर्ता

Kailai ghatana

कैलाली । कैलालीे घोडाघोडी नगरपालिका–६ बछुरियास्थिति आदर्शनगर टोलमा प्रवेश गरी ५ जना दलित युवाहरुलाई कुटपिट गरिएको घटनामा प्रहरीले नौटंकी तरकिाले मुद्दा दर्ता गरेको छ । भदौ ६ गते शनिबार राती भएको कुटपिटको घटनालाई प्रहरीले मंगलबार प्राप्त सुचना भन्दै उजुरी दर्ता गरेको छ ।

पीडितहरुले ७ गते नै घटनाको जानकारी गराउँदै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएका थिए । तर, प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन । चौतर्फी दवावपछि मंगलबार उजुरी दर्ता गरेको छ ।

पीडितहरुले ७ गते आइतबार उजुरी दिए पनि मंगलबार एउटै दर्ता नम्बरमा एउटामा भदौ ७ गते र अर्काेमा भदौ ९ गते प्राप्त सुचनाका आधारमा भन्दै उजुरी दर्ता गरेको छ ।

शनिबार राती भएको सो घटनापछि पीडक भनिएकाहरुले नै दलित युवाहरुमाथि उजुरी दिएका थिए । प्रहरीले गैरदलितको उजुरी सहजै दर्ता गरे पनि दलित युवाहरुले दिएको उजुरी दर्ता गर्न पनि आलटाल गर्दै आएको थियो ।

गैरदलित समुहको आक्रमणमा परी स्थानीय सुनिल विक, भीम विक, करण विक, अनिल विक, नवराज विकसहित एक दर्जन दलित युवा घाइते भएका थिए । घाइतेमध्ये विकास विकको टाउकोमा गहिरो चोट लागेको छ । उनको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज अस्पतालमा रिफर गरिएको छ ।

पीडितहरुले खेमराज बम, ललित भण्डारी, दलबहादर भण्डारी, देवबहादुर भण्डारी, नुप भण्डारी, गोपी साउँद र डम्मर साउँद लगायतका समुहविरुद्ध पीडितले कारवाहीको माग गर्दै प्रहरीमा उजुरी दिन खोजे पनि सोमबारसम्म प्रहरीले उजुरी दर्ता गर्न मानेको थिए ।

यस्तो छ फरक मिति राखेर दर्ता गरिएको उजुरी

मंगलबार इलाका प्रहरी कार्यालयमा दर्ता गरिएको दर्ता नं. २७ हो । तर, निशान न्युलाई सोही दर्ता नं. २७ मा ‘टेकहादुर लुहारको मिति २०७७/०५/०९ गते दरखास्त वा प्राप्त सुचना भई यस प्रहरी कार्यालयमा दर्ता कितावमा मिति २०७७/०५/०९ गते मुद्दा दर्ता नं. २७ (सत्ताइस) मा दर्ता भयो’ उल्लेख गरिएको छ ।

सोही दर्ता नं. ‘टेकहादुर लुहारको मिति २०७७/०५/०७ गते दरखास्त वा प्राप्त सुचना भई यस प्रहरी कार्यालयमा दर्ता कितावमा मिति २०७७/०५/०९ गते मुद्दा दर्ता नं. २७ (सत्ताइस) मा दर्ता भयो’ भनिएको छ । दुबै दर्ता नम्बरमा प्रहरी नायव निरीक्षक शिवबहादुर विष्टले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...