पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए १६६ संक्रमित

Kathmandu

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ संक्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँमा पछिल्लो २४ घन्टामा १२६ नयाँ संक्रमित भेटिएका छन्।

त्यस्तै, भक्तपुरमा गत १२ घण्टामा २८ जना नयाँ संक्रमित भेटिएको र ललितपुरमा २८ जना नयाँ संक्रमित भेटिएको जानकारी पनि डा. गौतमले दिएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन्।

यसअघि शनिबार काठमाडौँ उपत्यकामा २१६ जना नयाँ कोरोना संक्रमित भेटिएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...