क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको मृत्यु, दशौँ हजार बिस्थापित

A series of massive fires in northern and central california

अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा डढेलोका कारण ६ जनाको ज्यान गएको छ । क्यालिफोर्नियामा फैलिएको डढेलोका कारण अमेरिकाको पश्चिमी क्षेत्रको वायुमा धुवाँको मात्रा अधिक भएको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म सयौँ स्थानमा डढेलो फैलिएको छ।

आगलागीका कारण तातो हावा चल्दा जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका छन्, हजारौँ भवनहरु जोखिममा आएका छन् । शुक्रबारसम्म अघिल्लो दिनको तुलनामा केही डढेलोको आधार दोब्बर भएको आपतकालीन सेवाका अधिकारीले बताएका छन् ।

डढेलोबाट जोगिनका लागि एक लाख ७५ हजार भन्दा बढी मानिस बिस्थापित भएका छन् । डढेलो नियन्त्रणका लागि १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...