कोरोनाबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु, सचेत रहन सरकारको आग्रह
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार जानकारी गराएअनुसार पछिल्लो २४ घण्टामा विभिन्न ११ जिल्लामा ११ जनाको मृत्यु भएको हो ।
मोरङ, पर्सा बारा, सप्तरी, सर्लाही, काठमाडौं, लिलतपुर, चिवतवन, मकवानपुर र प्युठानमा एक/एक जनाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन गत साउन ६ गतेदेखि अन्त्य गरेसँगै नेपालमा कोरोनाको संक्रमण अत्यधिक फैलिएको छ । कोरोनाको संक्रमण र मृतकको संख्या पनि बढिरहेको भन्दै सरकारले सर्व साधारणलाई सचेत रहन आग्रह समेत गरेको छ ।
उपचारमा सरकारको खर्च समेत अत्यधिक भइरहेको र उपचारको सम्भावनासमेत नभएको भन्दै सरकारले बुधबारदेखि गरिएको निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न सरकारले आग्रह गरेको हो ।
प्रतिकृया दिनुहोस