पुजारीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) को माग

Pujari rautahat

काठमाडौं । अज्ञात समुहद्धारा रौतहटको खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या भएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) ले आपत्ति जनाएको छ ।

अज्ञात समूहले मंगलबार राती ९ बजेतिर रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गोली प्रहार गरी हत्या गरेको हो । सो घटनाको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) ले आपत्ति जनाएको हो ।

‘एकातिर राष्ट्रिय झण्डा जलाउने र अर्कातिर मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिनु नेपालको धार्मिक आस्थामाथि नै प्रहार गर्न खोजिएको छ’ संगठनका अध्यक्ष फणिराज लोहनी (राजु) द्धारा बिहीबार जारी विज्ञप्तीमा भनिएको छ, ‘यसले मुलुकलाई द्धन्द्धतिर धकेल्न सक्ने खतरा उत्तिकै रहेकाले यसतर्फ उचित कदम चाल्न सरकारसँग हार्दिक अपिल गर्दछु ।’

जारी विज्ञप्तीमा सो घटनामा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ । मन्दिरका पुजारीको हत्या भत्सर्ना योग्य तथा निन्दनीय भएको भन्दै विज्ञप्तीमा दोशीलाई हदैसम्मको कारवाही हुनुपर्ने र अबका दिनमा यस्तो घटना हुन नदिन समरकारसँग माग पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...