वीरगञ्जमा मृत्यु भएका युवामा कोरोना पुष्टि, साउनमा मात्रै २४ जनाको मृत्यु

Corona death all use

वीरगञ्ज । वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

यसअघि पनि वीरगञ्जमा उपचारको क्रममा रौतहटका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । साउनमा मात्रै २४ जनाको मृत्यु भएको छ ।

पर्साका २० जना, बाराका ५ जना र रौतहटका २ जना पुगेका छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

रौतहटबाट उपचारका लागि वीरगञ्ज ल्याइएका गौर नगरपालिकाका ३२ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

युवकलाई अचानक श्वासप्रश्वासमा समस्या आएपछि शनिबार एम्बुलेन्सबाट नारायणी अस्पतालमा ल्याइएको थियो । अपरान्ह ४ बजे अस्पताल ल्याएका उनको उपचारको क्रममा बेलुकी ८ बजेतिर मृत्यु भएको थियो ।

क्षयरोगका बिरामी ती युवकले नियमित खानुपर्ने क्षयरोगको औषधी समेत सेवन गर्न छोडेको पाइएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...