ट्रक र अटो ठोक्किँदा दुईको मृत्यु

Accident new

काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्केमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा बिहीबार भएको घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना२ह ३४६६ अटो ठोक्किँदा दुर्घटना भएको हो ।

घटनास्थलमै मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका ५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन छन् । घाइते अटो चालक मनहरी–५ वसन्तपुर बस्ने ४७ वर्षीय ठूलोकान्छा खड्काको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...