भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको मृत्यु

Rajiv tyagi

नयाँ दिल्ली । भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको बुधबार हृदयघातले मृत्यु भएको छ । भारतीय कांग्रेसले ट्वीटरमार्फत उनको मृत्युको पुष्टि गरेको छ । कांग्रेसका महासचिव प्रियंका गान्धीले राजीवको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएकी छन् ।

निधन हुनुभन्दा २ घण्टाअघि उनी आज तकको लाइभ अन्तरवार्तामा सहभागी भएका थिए । राहुल गान्धी पार्टी अध्यक्ष हुँदा सन् २०१८ डिसेम्बर ३१ मा १० नयाँ प्रवक्ता नियुक्त गर्दा राजीव त्यागी पनि प्रवक्ता भएको बीबीसी हिन्दीले जनाएको छ । त्यागी एक स्पष्ट वक्ताका रुपमा परिचित थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...