एम्बुलेन्समा चढे लगत्तै सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु

Corona death all use

सप्तरी । सप्तरीमा एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–८ घर भई राजविराज–६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

उनलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आएपछि उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो ।

एम्बुलेन्समा चढे लगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले जानकारी दिए । उनी मुटुसम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसअघि जिल्लाको रुपनी गाउँपालिका ५ गढियाका ४५ वर्षीय पुरुष र सदरमुकाम राजविराज ६ निवासी ७२ वर्षीय वृद्धमा कोरोना संक्रमण भएर मृत्यु भएको थियो । वृद्धको गत साउन १ गते र ४५ वर्षीय पुरुषको गत १९ साउनमा मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...