अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६५ हजार बढी

Corona 13 e1590631748141

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ४९३ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ६५ हजार ५७६ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ४६ हजार ४२७ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ५१ लाख ९८ हजार २२ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म २६ लाख ६३ हजार ९५४ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २३ लाख ६८ हजार ४९२ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १७ हजार ८९७ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार ८४० जनाको मृत्यु पुगेको । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ५० हजार ४२८ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ९४५ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ९० हजार ३०३ जना संक्रमित भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...