पछिल्लो २४ घण्टामा ३७८ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २२५९२ पुग्यो

Corona news 10

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ७ हजार ७ सय ८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।

शनिबारसम्म कोरोना संक्रमणका कारण ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३ सय १३ जना निको भइसकेका छन् । पछिल्लो २४ भण्टामा ४ सय २५ जना संक्रमित डिष्चार्ज भएका छन् ।

शनिबार ६ वटा जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । जसमा धनकुटा, खोटाङ, संखुवासभा, मनाङ, मुस्ताङ र पश्चिम रुकुम रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...