रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

Accident logo

बुटवल। परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये १ जनाको मात्र सनाखत भएको छ ।

रुपन्देही रोहिणी गाउँपालिका –४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नं. को कार नियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका –४ बालापुरका २६ को देवेन्द्र चौधरीको मात्र सनाखत भएको छ । अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ । घाइते रुपन्देही सिद्धार्थ नगरपालिका –४ का ३० वर्षीय अनिल यादव रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार चार जना घाइतेलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...