भारतको केरलामा विमान दुर्घटनामा १७ जनाको मृत्यु, १२३ जना घाइते

काठमाडौँ । भारतको केरल राज्यको कोझीकोडमा रहेको करिपुर एयरपोर्टमा विमान दुर्घटना हुदा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १२३ जना घाइते भएका छन् भने १५ जनाको अवस्था गम्भिर रहेको भारतीय समाचार माध्यामले जनाएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
गएराति दुबईबाट आएको सो विमानमा चालक दलका सदस्यसहित १९० यात्री रहेको एयर इंडियाको विमान अवतरण गर्नेक्रममा चिप्लिएर दुर्घटना भएको समाचारमा बताइएको छ ।
विमान भारतीय समय अनुसार शुक्रबार साँझ ७ः४५ मा अवतरणको क्रममा चिप्लिएको बताइएको छ । विमानस्थलको रनवे टेबल टप रनवे भएको बताइएको छ । विमान ३० फिटको खाल्डोमा खसेको र दुई टुक्रा भएको थियो । विमानमा आगलागी नभएकोले धेरै यात्रुहरु सकुशल रहन सफल भएको बताइएको छ ।
विमानमा सवार १८४ यात्रु मध्ये १२८ पुरुष, ४६ महिला र १० बालबालिका रहेका थिए । दुर्घटनामा विमानका दुवै पाइलटको मृत्यु भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस