काठमाडौँका ९२ सहित उपत्यकामा २४ घण्टामा थपिए १०६ संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ६ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ ९२, भक्तपुर ४, ललितपुर १० मा गरि १ सय ६ संक्रमित थपिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका १ सय ६ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले काठमाडौँ उपत्यकामा जोखि झनै चुनौतीपूर्ण बन्दै गएको भन्दै जनस्वास्थ्यका मापदण्ड पूरा गर्न सर्वसाधारणमा अपील गरेको छ ।
प्रतिकृया दिनुहोस