प्रलोभन पारी चार महिलालाई बेचविखन गर्ने एक जना पक्राउ

Arested 1

काठमाडौँ । भारतमा लगेर महिला बेचविखन गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान ब्युरो र भारत स्थित नेपाली दुतावास समेतको सहयोगले विभिन्न प्रलोभन पारी चार जना महिलालाई भारतमा बेचविखन गरी फरार  रहेका सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा १ स्थायी वतन भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा ३ बस्नेत गाउँमा बस्ने ४६ वर्षीय याङ लाल लामा भन्ने ह्यांग लाल तामाङलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ व्यक्तिलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान गरी कारवाही गरिने प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए । उनकाअनुसार उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौं जिल्लाबाट ४ जना नेपाली महिलाहरुलाई विभिन्न मितिमा कुवेतमा घरायसी काममा लगाइदिने,राम्रो तलब पाइन्छ भनि प्रलोभनमा समेत पारी राहदानी बनाइदिने लगायत मेडिकल चेकजाँच समेतका कागजातहरु निजले नै तयार गरी जाहेरवाला हरुलाई नेपालबाट २०७३ साल चैत्र महिनामा विरगञ्जको नाका हुँदै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा बन्धक बनाई राखिएको थियो ।

महिलाहरुको उद्धार गरी २०७४ जेठ महिनामा काठमाडौं ल्याई माइती नेपाल केन्द्रमा राखी मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ । घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोज तलास गर्ने क्रममा ब्यूरो खटिएको टोलीले २०७७ श्रावण १९ गते उनलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...