कपनमा शिशु भेटिएको भनेर झुटो प्रचार गर्ने केयर बाल गृहबाट ११ बालबालिकाको उद्धार

Care balgriha

काठमाडौँ । काठमाडौँको कपनस्थित केयर बाल गृहबाट बुधबार ११ बालबालिकाको उद्धार गरिएको छ । उक्त गृहका सञ्चालकको गतिविधि विवादित भएपछि बुधबार बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषद्को टोलीले उद्धार गरेको हो ।

अहिले ती बालबालिकालाई सरकारले स्थापना गरेको अस्थायी बाल संरक्षण केन्द्रमा राखिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमुना भुसालले जानकारी दिए । भुसालका अनुसार उक्त गृह कम्पनीमा दर्ता भएको पाइएको छ । केही दिनअघि नाटक मञ्चन गरी उक्त संस्थाका सञ्चालक पुष्पा अधिकारीबाट चौरमा शिशु भेटिएको भनी प्रचार भएको थियो । विदेशबाट आएकी चितवनकी एक महिलाले बच्चा जन्माएपछि अधिकारीकै नेतृत्वमा चौरमा शिशु लगेर छाडी भेट्टाएको भनी प्रचार गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...