मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

Accident news

काठमाण्डौ । सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शनिबार बेलुकी लालबन्दी नगरपालिका–१७ घिमिरेचोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका–५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट इसनाथ नगरपालिका–७ का ५५ वर्षका नन्दकिशोर शाहको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार ज्यान गुमाएका दुई जना नै मोटरसाइकलका चालक हुन् । प्रदेश २(०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका अर्का एक जनालाई उपचारको लागि धनुषा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...