रुसले २ महिनाभित्रै सबैका लागि कोरोनाविरुद्ध खोप ल्याउने

Coronaa

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले अबको दुई महिना अर्थात् आगामी अक्टोबरमा रुसी सरकारले आफ्ना नागरिकलाई कोरोनाविरुद्ध खोप दिने तयारी गरिरहेको छ । रुसका सञ्चारमाध्यमका अनुसार खोप सुरुमा डाक्टर र शिक्षकलाई दिइनेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसले यही मनिाभित्र कोरोनाविरुद्ध खोपको अनुमपति प्राप्त गर्नेछ । तर रुसले ज्यादै छिटो खोप बनाएकाप्रति धेरै विशेषज्ञ चिन्तित पनि भएका छन् । कारण खोपको मापदण्ड र प्रक्रिया पूरा नगरी प्रयोगमा ल्याउने हो कि भनेर ।

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले शुक्रबार भने, ‘रुस तथा चीनले सर्वसाधारणलाई खोप दिनुपहिले सबै चरणको परीक्षण प्रक्रिया पूरा गर्नेछ भन्ने आशा गरेका छौं ।’ यस्तै उनले अमेरिकाले यही वर्ष (सन् २०२०) को अन्त्यसम्ममा कोरोनाविरुद्धको सुरक्षित र प्रमाणित खोप तयार गर्ने दाबी पनि गरे । उनले भने, ‘कोरोनाविरुद्ध खोपका लागि अमेरिकाले अर्को कुनै देशको भर पर्नु पर्दैन भन्ने लागेको छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...