आइसोलेसनबाट वीरगञ्जका मेयरको सन्देशः कोरोनासँगको लड़ाईं जितेर समाज सेवामा आउनेछु

Vijay sarawagi

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ। बिहीबार साँझ फेसबुक पेजमा लामो स्टाटस लेख्दै उनले आफूलाई कोरोना संक्रमण भएको र आफू आइसोलेसनमा रहेको जानकारी गराएका हुन्। उनले नगरवासीलाई सम्बोधन गर्दै आफू उपचार पछि निको भएर पुन समाजसेवामा फर्कने बताएका छन्।

तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्ने छु उनले भनेका छन्, कोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु।

उनको स्टाटस जस्ताको तस्तै आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु। विगत पाँच महिना देखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई वचाउन मैले हर संभव प्रयासहरु गरे। संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जीवन रक्षाको लागि अथक प्रयत्न गरेँ।

वीरगंजलाई वचाउन पिसिआर मेशिन, परिक्षणकालागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरेँ। क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र वस्नेको व्यवस्था मिलाएँ।

वीरगंजलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ। तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्ने छु।

पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त वनेको छ, वीरगंजलाई वचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु।

अब स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाई दिदी वहिनीको जिवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अधि बढन आग्रह गर्दछु।

साथै कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई दिदी वहिनीमा अपिल गर्दछु कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीति प्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभाव प्रति हार्दिक नमन। मैले कोरोना संक्रमणको लडाई जितेर पुन तपाईको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...