साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि

4322222165

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक साढे सात अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको आज अन्तिम दिन नेप्से ७.५३ बिन्दुले बढेर एक हजार ४३९.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले वृद्धि भई ३००.९५ पुगेको छ ।

कूल १८९ कम्पनीका ३४ लाख ३० हजार ५५३ कित्ता शेयर रु एक अर्ब ३२ करोड दुई लाख ६६ हजार ६७८ मूल्यमा खरिद बिक्री भयो । बजार पूँजीकरणका आधारमा आज कूल शेयर बजार रु १८ खर्ब ९४ अर्ब ५२ करोड १७ लाख बराबरको भएको छ । कारोबार भएका कूल १२ वटै उपसमूहको शेयर आज उकालो लागेको छ ।

त्यसमा बैंकिङ ५.०३, व्यापार ३.७, होटल १३.८८, विकास बैंक ०.९२, जलविद्युत् ७.४२, वित्त ५.९५, निर्जीवन बीमा ५०.४६, उत्पादन २७.१८, अन्य ४.७, लघुवित्त १५.०२, जीवन बीमा ५५.४९ र सामूहिक लगानी कोष ०.०७ अङ्कले बढेको छ । कारोवारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ५९९ को दरले रु २२ करोड ९१ लाख ५५ हजार ६३ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु आठ करोड ९५ लाख ५६ हजार २०३, एनआइसी एशियाको रु पाँच करोड नौ लाख ४४ हजार ६४४, शिखर इन्स्योरेन्सको रु चार करोड ९७ लाख ८० हजार ६९९, एनएमबी बैंक रु चार करोड ६१ लाख ५७ हजार ८७० र एनआइसी एसिया लघुवित्तको रु तीन करोड ५६ लाख ४६ हजार ८१० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

आज सबैभन्दा बढी खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै चौतारी लघुवित्त ९.४६, पञ्चकन्यामाई हाइड्रोपावर ९.८६, नेशनल हाइड्रोपावर ९.८०, हिमालयन ऊर्जा ९.६८, रैराङ हाइड्रोपावर ९.६८, आँखुखोला जलविद्युत् कम्पनी ९.६२ र युनियन हाइड्रोपावरका शेयरधनीले ९.०९ प्रतिशतले कमाए । तर आज उकालो लागेका अधिकांश जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता रु १०० भन्दा कम मूल्यका छन् ।

यसैगरी घोडाघोडी लघुवित्तका शेयरधनीले ९.८५ प्रतिशतले गुमाएका छन् । यस्तै गुराँस लघुवित्त ५.२४, प्रोग्रेसिभ फाइनान्स ३.७०, मल्टीप्रपोज फाइनान्स ३.४५, आइएमई जनरल इन्स्योरेन्स २.९३, सपोर्ट माइक्रोफाइनान्स २.८७ र गुडवील फाइनान्सका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...