स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि कोसी अस्पतालको ओपीडी अनिश्चित कालका लागि बन्द
विराटनगर । इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कोसी अस्पतालको ओपीडी अनिश्चित कालका लागि बन्द भएको छ । ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन ।
इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए ।
संक्रमितको सम्पर्कमा आएका १४ जनामध्ये २ जनालाई होम क्वारेन्टाइन र १२ जनालाई स्थानीय एक होटेलमा निगरानीमा राखिएको छ ।चिकित्सकसहित ५ सय कर्मचारी संक्रमितको सम्पर्कमा आएका २ जना होम क्वारेन्टाइनमा र १२ जना स्थानीय होटेलमा राखिएको छ ।
प्रदेश एककै प्रमुख कोसी अस्पतालमा सामान्यतया दैनिक १२ सयको हाराहारीमा बिरामी आउने गरेका छन् । अहिले ६ सयको हाराहारीमा आउँछन् । अस्पतालमा स्वास्थ्यकर्मीसहित करिब ५ सय कार्यरत छन् ।
यता, बिहीबार विराटनगरमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरिक्षक हैदर अलीका अनुसार सात जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये दुई जना कोसी अस्पतालका कर्मचारी हुन् ।
विराटनगर– ३ का २ जना र विराटगर ११ का १ जना रहेको उनले बताए । अन्य दुई जनाको भने विवरण खुलिसकेको छैन ।
प्रतिकृया दिनुहोस