भारतमा एकैदिनमा ५२ हजार संक्रमित थपिए, थप ७७९ को मृत्यु

Coronavirus india geflszqcpz

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ५२ हजार २४९ कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमित थपिएका छन्। यही अवधिमा थप ७७९ जनाको मृत्यु भएको छ। कोरोना संक्रमितको संख्या धेरै हुनेमा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ। त्यहाँ पछिल्ला दिनहरूमा संक्रमितको संख्या अत्यधिक बढिरहेको छ।

वल्र्डोमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म भारतमा १५ लाख ८४ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भारतमा ३५ हजार पुगेको छ। भारतमा हालसम्म १० लाख २१ हजार ६११ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

अहिले पाँच लाख २७ हजार ७७० जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ। विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा भारतभन्दा अगाडि अमेरिका पहिलो र ब्राजिल दोस्रो स्थानमा छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...