जापानमा एकैदिन थपिए झण्डै एक हजार नयाँ कोरोना संक्रमित

Corona test @ japan2

काठमाडौँ । जापानमा पछिल्लो २४ घण्टामा ९८१ नयाँ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या जापानमा कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो ।

यसअघि गत जुलाई २३ मा जापानमा ९६६ नयाँ संक्रमित भेटिएका थिए । जापानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ हजार ६१३ पुगेको छ । साथै एक हजार १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...