फेरि बढे भारतमा कोरोना भाइरस संक्रमित र मृतक

Corona india10

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु फेरि बढेका छन् । आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा सोमबार भने कम संक्रमित भेटिएका थिए । तर मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका छन् । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो ।

आइतबार ४८ हजार ९३२ जना संक्रमित थपिएका थिए । शनिबार ४८ हजार ४७९ जना, शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए ।

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १५ लाख ३२ हजार १३५ जना पुगेका छन् । मृतक ३४ हजार २२४ पुगेका छन् । मंगलबार ७७० जनाको ज्यान गएको छ । सोमबार ६३६ तथा आइतबार ७०४ जनाको ज्यान गएको थियो ।

हाल ५ लाख ८ हजार १३५ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार ३५ हजार ६७१ जनालाई निको भएको छ । यो अहिलेसम्मकै बढी हो । सोमबार ३४ हजार ४४४ जनालाई निको भएको थियो । आइतबार ३१ हजार ५०२ लाई निको भएको थियो । हालसम्म ९ लाख ८८ हजार ७७० जनालाई निको भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...