डा.केसी जुम्लामा, तीन हप्तामा माग पूरा नभए फेरि अनशन बस्ने चेतावनी

Dr. k c strike 310x165

काठमाडौँ । जुम्ला डाक्टर गोविन्द केसीले विगतमा आफूसँग गरिएका सम्झौताहरु तीन हप्तामा पूरा नगरे फेरि अनशन बस्ने चेतावनी दिनुभएको छ ।

डाक्टर केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसको पढाइ सुरु गर्नुपर्ने, आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तरतर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने र चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन माग गर्नुभएको छ ।

जुम्ला पुग्नुभएका डाक्टर केसीले यी मागहरु ३ हप्ताभित्र पूरा नभए फेरि अनशन बस्ने चेतावनी दिनुभएको हो । उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको आरोप लगाउँदै प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न अनुरोध गर्नुभएको छ ।

यसअघि डा केसीले २०७५ असार १५ देखि साउन ३ गतेसम्म विभिन्न माग गर्दैै अनशन बस्नु भएको थियो । उहाँलाई सरकारले हेलिकोप्टरबाट काठमाण्डौ ल्याइएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...