आइतबार कोरोनाबाट थप २ जनाको मृत्यु, नेपालमा मृतकको संख्या ४७ पुग्यो

Corona death 10

वीरगञ्ज । सहिदनगर नगरपालिकाको डुमरियाका ३८ वर्षीय युवकको कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । अत्यधिक ज्वरो, रुघाखोकी लागेपछि उनी शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

उनलाई फोक्सो र मुटुमा समेत समस्या थियो । उनको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । उनको आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रदेश नं. २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना संक्रमितको मृत्यु भएपछि सुरक्षा सतर्कता अपनाउने सम्बन्धी छलफल भइरहेको जानकारी दिए । मृतकको शव व्यवस्थापन जनकपुरमै गरिने छ ।

यता, नारायणी अस्थायी कोरोना अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय भारतीय नागरिकको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

वीरगन्जको आदर्शनगरस्थित रुंगटा मार्केटमा मालाको पसल व्यवसाय गरिरहेका ती भारतीय नागरिकको आइतबार बिहान करिब ६ बजेर १० मिनेटमा मृत्यु भएको थियो । ती व्यवसाय मुटुरोगी थिए ।

उनमा मधुमेहसमेत थियो । शनिबार दिउँसो ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या लिएर नारायणी अस्पतालको आकस्मिक विभागमा आएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...